शब्दयात्रा प्रकाशनको आयोजनामा आज २०८१ सालको पहिलो दिन चारवटा पुस्तकलाई सार्वजनिक गरियो । आफ्नै सभाकक्षमा आयोजित आजको कार्यक्रममा कल्पना खरेल प्रमुख अतिथि तथा ममता मृदुल र मन्दिरा मधुश्री विशेष अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा डा. इन्दुल केसीद्वारा सम्पादित ‘सावित्री स्मृति’ लाई मन्दिरा मधुश्री र डा. इन्दुल केसीले तथा डा. इन्दुल केसी र पदम दाहालद्वारा लिखित तथा सम्पादित ‘एक–अर्काका दृष्टिमाथि समीक्षकका पुनर्दृष्टि’ लाई मन्दिरा मधुश्री र पदम दाहालले सार्वजनिक गर्नुभयो । यसै गरी दिलहरि श्रेष्ठद्वारा लिखित ‘दिलहरि श्रेष्ठका कविता’ लाई ममता मृदुल र डा. भूषण श्रेष्ठले तथा शङ्करप्रसाद मानन्धरद्वारा लिखित ‘अध्यात्म र चिन्तन’ लाई ममता मृदुल र शङ्करप्रसाद मानन्धरले सार्वजनिक गर्नुभयो । तीनजना कृतिकार र जीवनाथ अधिकारीले पुस्तकका विषयमा आआफ्ना धारणा राख्नुभएको उक्त कार्यक्रममा ममता मृदुलले कविता वाचन र मन्दिरा मधुश्रीले कार्यक्रम समापन गर्नुभएको थियो भने डा. भूषण श्रेष्ठले कृतिकार दिलहरि श्रेष्ठका विषयमा जानकारी गराउनुभएको थियो । कल्पना खरेलले प्रमुख अतिथिका रूपमा मन्तव्य व्यक्त गर्नुभएको थियो । विष्णु ओलीले उद्घाटन गर्नुभएको आजको कार्यक्रमको सभापतित्व हरि मञ्जुश्रीले, सञ्चालन शिव बन्जाराले, स्वागत भाषण कृष्णमणि कुइकेलले, सामग्री व्यवस्थापन कालिका त्रिपाठी पन्त र केदारनाथ तिमल्सिनाले, स्वराङ्कन तथा छायाङ्कन इ. रोशन मञ्जुश्री अधिकारीले, रुद्राक्षमाला समर्पण नवराज पराजुलीले, अतिथित्रयलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण साधुराम गिरीले गर्नुभएको थियो । कृतिकार दिलहरि श्रेष्ठ र कृतिनायक सावित्री राणा केसीको आत्मशान्तिको कामना गर्दै मानधारण गरिएको आजको कार्यक्रममा स्वस्तिवाचन, नीलकण्ठेश्वर महादेवको जयगान, राष्ट्रिय गान, शब्दयात्रा प्रकाशनको स्वागत गान र कार्यक्रम समापन गान श्रवण गराइएको थियो । कार्यक्रममा मच्छेश्वर सापकोटा, जयनारायण नेपाल, केशव रूपाखेती, डा. सीता सुवेदी पन्थी, प्रजापति तिमिल्सिना, दामोदर घिमिरे, चूडाप्रसाद चौलागाईं, प्रकाशबहादुर कायस्थ आदिसमेत विभिन्न अक्षरकर्मी तथा शब्दशिल्पीहरूको समुपस्थिति थियो ।