शब्दयात्रा प्रकाशनले आगामी भदौ १३ गते आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा दुईजना काभ्रेली पत्रकारलाई कदरपत्र प्रदान गर्ने भएको छ ।
कदरपत्र पाउने पत्रकारहरूमा राजकुमार गोले र मधुसूदन तिमल्सिना रहेका छन् । शब्दयात्रा प्रकाशनले २०६९ सालदेखि हरेक वर्षको भदौ महिनामा काभ्रे जिल्लामा क्रियाशील दुईजना पत्रकारलाई कदरपत्र प्रदान गर्ने गरेको छ ।