आगामी भदौ १३ गते आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा शब्दयात्रा प्काशनद्वारा प्रकाशित ८ वटा पुस्तक एकैसाथ सार्वजनिक गरिने भएका छन् ।
सार्वजनिक गरिने पुस्तकहरूमा गणेशबहादुर खत्रीको नाटक ‘परिवर्तित पाइला’, मुकुन्दप्रसाद उपाध्यायद्वारा लिखित लेखसङ्ग्रह ‘वेदान्तशिरोमणि एक संस्मरण’, श्रीधर प्याकु¥यालको ज्योतिषकाव्य ‘मञ्जुश्री’, टेकलाल भारतीको नाटक ‘अभियान’, भवानी पाण्डेको बालनाटक ‘हाम्रो बालक्लब’, हरि मञ्जुश्रीको लेखन र कृष्णमणि कुइँकेलको आख्यान रहेको लघु–उपन्यास ‘माधुरी आचार्य’, कल्याण लम्सालको कवितासङ्ग्रह ‘कल्याणं ब्रुवन्तु’ तथा पदमनाथ ढुङ्गाना र शारदाप्रसाद शर्माद्वारा सङ्कलित तथा संयोजित ‘शब्दयात्रा प्रकाशनको ६ वर्ष’ रहेका छन् ।