Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesतीन पुस्तक सार्वजनिक

तीन पुस्तक सार्वजनिक

शब्दयात्रा प्रकाशनबाट प्रकाशित तीन पुस्तकलाई सार्वजनिक गरिएको छ । साहित्यकार ज्ञान उदासद्वारा लिखित कथासङ्ग्रह ‘तोपको आवाज’, साहित्यकार केदारनाथ तिमल्सिनाद्वारा लिखित कथासङ्ग्रह ‘तीस कथा’ र प्रेमकुमार कर्माचार्यद्वारा लिखित ‘मानबहादुर कर्माचार्य र गुर्जन ठाकुर’ लाई सार्वजनिक गरिएको हो । ‘तोपको आवाज’ लाई प्रा. केदारनाथ श्रेष्ठ र डा. प्रेमकुमार खत्रीले, ‘तीस कथा’ लाई तिलक प्रकाश र डा. चिन्तामणि गौतमले र ‘मानबहादुर कर्माचार्य र गुर्जन ठाकुर’ लाई प्रा. केदारनाथ श्रेष्ठ र विश्व उलकले सार्वजनिक गर्नुभएको हो । यी तीन पुस्तकसहित शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकहरूको सङ्ख्या २ सय २३ पुगेको छ । सार्वजनिक गरिएका कृतिहरूको चिनारी कालिका त्रिपाठी पन्तले गराउनुभएको थियो । शब्दयात्रा प्रकाशनले पुस्तक सार्वजनिक गर्दा थैलीबाट झिकेर सार्वजनिक गर्ने गरेको छ । विमोचन, लोकार्पण, घुम्टीखोली जस्ता शब्दहरूको शब्दयात्रा प्रकाशनले सार्वजनिकीकरण शब्द प्रयोग गर्ने गरेको छ ।