शब्दयात्रा प्रकाशनको आयोजनामा हिजो २०७९ साल कार्तिक ६ गते आइतबार तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान, छिमेकी भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गरियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा गीतिभास्कर मच्छेश्वर सापकोटा र शिक्षासेवी रामप्रसाद अधिकारी विशेष अतिथि रहनुभएको उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शिव बन्जाराले र छायाङ्कन प्रकृति प्याकुरेलले गर्नुभएको थियो । शारदाप्रसाद शर्मा, डा. इन्दुल केसी, केदारनाथ तिमिल्सिना र साधुराम गिरीले कवितावाचन गर्नुभएको उक्त कार्यक्रमको व्यवस्थापन सङ्गीता केसीले गर्नुभएको थियो । कार्यक्रममा गायक–गायिका मच्छेश्वर सापकोटा र सरस्वती सापकोटाले देउसी गीत गाउनुभएको थियो भने पुरुषोत्तम हुमागाईंले बाद्यवादनमा साथ दिनुभएको थियो । कार्यक्रममा शब्दयात्रा प्रकाशनका सदस्यहरू तथा माधव आचार्य, पूर्णबहादुर कार्की, चूडाप्रसाद चौलागाईं, नवराज तिमिल्सिना, देवीप्रसाद ढुङ्गाना, दीपकराम भण्डारी, भीमसेन सापकोटा, भुवन पाण्डे आदिसहित स्थानीय बासिन्दाहरूको उपस्थिति थियो ।