Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesतिलक लुइटेलका लागि उपचार खर्च सहयोग

तिलक लुइटेलका लागि उपचार खर्च सहयोग

शब्दयात्रा प्रकाशनबाट सम्मानित अनुवादक, लेखक तथा शिक्षासेवी तिलक लुइटेलको उपचारमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले शब्दयात्रा प्रकाशनले १० हजार रुपियाँ पठाएको छ । सामाजिक सन्जालमा आएको सूचना बमोजिम लक्ष्मी सनराइज बैङ्कमा उहाँका छोरा विभव लुइटेलको नाउँमा रहेको ०३१४०००२८१३ नम्बरको खातामा उक्त रकम पठाइएको हो । शब्दयात्रा प्रकाशनमा रहेको अक्षरसेवी सहयोग कोषबाट ६ हजार रुपियाँ र धुलिखेल निवासी डा. केशव खुलाल छेत्रीले आफ्ना पिता टीकाबहादुर खुलाल छेत्री र माता रमाकुमारी खुलाल छेत्रीको स्मृति र सम्मानमा राख्नुभएको अक्षयकोषको ब्याजबाट प्राप्त ४ हजार रुपियाँ गरी जम्मा १० हजार रुपियाँ उहाँलाई पठाइएको हो । शब्दयात्रा प्रकाशन परिवार उहाँको स्वास्थ्यलाभका लागि शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा विराजित सम्पूर्ण देवीदेवता र पितृहरूसँग प्रार्थना गर्दछ ।