Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
HomeActivitiesअष्टलक्ष्मी शाक्यको नेतृत्वमा आएको टोलीबाट शब्दयात्रा प्रकाशनको अवलोकन

अष्टलक्ष्मी शाक्यको नेतृत्वमा आएको टोलीबाट शब्दयात्रा प्रकाशनको अवलोकन

नेपालको पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हिजो वैशाख २४ गते शब्दसाधक तीर्थको अवलोकन गर्न शब्दयात्रा प्रकाशन बनेपामा आउनुभयो । उहाँका साथमा पूर्वसभासद् शीला कतिला, पूर्वसभासद् ममता गिरी, बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा दाहाल, प्राज्ञ सुषमा राजभण्डारी, पुस्तकालयविज्ञ इन्दिरा दली र विमला तिमल्सिना हुनुहुन्थ्यो । उहाँहरूलाई हरि मञ्जुश्री, सावित्री जङ्गम थापा र कृष्णमणि कुइकेलले स्वागत गर्नुभयो । शब्दयात्रा प्रकाशनले सालिक, मन्दिर र पुस्तकालय निर्माण, पुस्तक प्रकाशन, सम्मान–पुरस्कार र छात्रवृत्ति समर्पण, अतिथिगृह सञ्चालन जस्ता हालसम्मका गतिविधिका बारेमा हरि मञ्जुश्रीले जानकारी गराउनुभयो । त्यसपछि उहाँहरूले शब्दयात्रा प्रकाशनद्वारा निर्मित संरचनाहरूको अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । उहाँहरूले शब्दयात्रा सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान केन्द्रका बारेमा पनि जानकारी लिनुभयो । नेपाली महिलाहरूले राष्ट्रिय विकासका विभिन्न पक्षहरूमा गरेका योगदानका विषयमा अनुसन्धान गराउन सामग्रीहरू सङ्कलन भइरहेको र अनुसन्धानको काम थालनी भई विद्वतवृत्ति पनि दिने गरेको जानकारी सावित्री जङ्गम थापाले गराउनुभयो । उहाँहरूले पनि अनुसन्धान केन्द्रका लागि यथाशक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।