Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesछैटौं वार्षिक साधारण सभा बस्नेसम्बन्धी सूचना

छैटौं वार्षिक साधारण सभा बस्नेसम्बन्धी सूचना

शब्दयात्रा प्रकाशन (मुनाफा वितरण नगर्ने कम्पनी) को सञ्चालक समितिको मिति २०७६ मङ्सिर २१ गते शनिबार बसेको बैठकको निर्णयबमोजिम यस प्रकाशनको छैटौँ वार्षिक साधारण सभा निम्नलिखित विषयहरूमा छलफल र निर्णय गर्न देहायबमोजिमको मिति, समय र स्थानमा बस्ने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ (२) अनुसार साधारण सभाका सदस्य महानुभावहरूको जानकारी तथा उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।

छैटौं वार्षिक साधारण सभा हुने मिति, समय र स्थान :

मिति : २०७६ साल पुस २४ गते बिहीबार तदनुसार ९ जनवरी २०२०
समय : दिउँसो १ बजे
स्थान : शब्दयात्रा प्रकाशनको सभाकक्ष, नीलकण्ठेश्वर परिसर, बनेपा — ६, काभ्रे
छलफलका विषयहरू :
१. सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ साल असार मसान्तसम्मको वासलात तथा आ. व. २०७५–७६ को नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण र सोका अनुसूचीहरूउपर छलफल गरी पारित गर्ने ।
३. आ. व. २०७६–७७ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।
४. आ. व. २०७६–७७ को वार्षिक कार्यक्रम तथा अनुमानित आय–व्यय विवरणमाथि छलफल गरी पारित गर्ने ।
५. विविध ।
यस प्रकाशनको वार्षिक प्रतिवेदनसहितको विवरण साधारण सभाका सबै सदस्य महानुभावहरूको ठेगानामा साधारण सभाको सूचनाका साथ संलग्न गरी पठाइएको छ । सो प्रतिवेदन प्राप्त नभएका सदस्य महानुभावहरूले प्रकाशनको बनेपास्थित कार्यालयमा सम्पर्क राखी लिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

सञ्चालक समितिको आज्ञाले
शारदाप्रसाद शर्मा
महाप्रबन्धक
शब्दयात्रा प्रकाशन