शब्दयात्रा प्रकाशनबाट ‘छानोविनाको घर’ नामक कवितासङ्ग्रह प्रकाशन हुने भएको छ । यस सङ्ग्रहमा ६७ वटा पद्यकविताहरू रहेका छन् । यस कवितासङ्ग्रहका कवि सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिका निवासी केवल कार्की हुनुहुन्छ । यो उहाँको प्रथम पुस्तकाकार कृति हो । यो सङ्ग्रहसमेत गरी शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकको सङ्ख्या १ सय ४६ पुगेको छ ।