शब्दयात्रा लेखक समाजका सदस्य ग्रामकवि रोजनाथ लुइँटेलको निधन भएको समाचारले शब्दयात्रा प्रकाशन परिवारलाई मर्माहत बनाएको छ । शब्दयात्रा प्रकाशन परिवार उहाँको आत्माले मुक्ति पाओस् भनी नीलकण्ठेश्वर महादेवसँग प्रार्थना गर्दै शोकविह्वल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।