Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesचयन समितिप्रति आभार

चयन समितिप्रति आभार

शब्दयात्रा प्रकाशनले २०७९ सालभित्र विभिन्न १० विधाका सम्मान समर्पण गर्नुपर्नेछ । सम्मान गर्न योग्य व्यक्तिको नाउँ र योगदानको सङ्क्षिप्त विवरण सिफारिस गर्न शब्दयात्रा प्रकाशनबाट सार्वजनिक आह्वान गरिएको थियो । त्यसपछि प्रा. केदारनाथ श्रेष्ठको संयोजकत्वमा द्रोणप्रसाद श्रेष्ठ र लीलादेवी श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय सम्मान्य व्यक्तित्व चयन समिति गठन गरिएको थियो । सार्वजनिक आह्वान गर्दा प्राप्त भएका नाउँहरू चयन समितिलाई बुझाई ती नाउँमध्येबाट उपयुक्त व्यक्तिको नाउँ चयन गरिदिन चयन समितिलाई आग्रह गरिएको थियो । चयन समितिले ती नाउँ र विवरणहरूको अध्ययन गरी उपयुक्त व्यक्तिको नाउँ शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराएको छ । सम्मान गर्नुपर्ने व्यक्तिहरूको निर्णय गरी नामावली उपलब्ध गराएकोमा सम्मान्य व्यक्तित्व चयन समितिप्रति शब्दयात्रा प्रकाशन परिवारका तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु ।