Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesप्रा. डा. कुलप्रसाद कोइरालालाई अनुसन्धान सम्मान

प्रा. डा. कुलप्रसाद कोइरालालाई अनुसन्धान सम्मान

शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा अनुसन्धान सम्मान, २०७९’ प्रा. डा. कुलप्रसाद कोइराला (ओखलढुङ्गा) लाई समर्पण गर्ने भएको छ । नेपाली र मैथिली भाषाका उखानहरूको तुलनात्मक अध्ययन गरी ‘उखान : सिद्धान्त र विश्लेषण’ नामक अनुसन्धानात्मक कृति नेपाली वाङ्मयलाई प्रदान गर्नुभएकोमा उहाँलाई उक्त सम्मान समर्पण गर्ने निर्णय गरिएको हो । नेपाली र मैथिली उखानका विषयमा शोधप्रबन्ध लेखी विद्यावारिधि गर्नुभएका उहाँले यस पुस्तकमा त्यही शोधप्रबन्धलाई परिष्कार, परिवद्र्धन र परिमार्जन गर्नुभएको हो । उखान विश्लेषणका पद्धति र शैलीलाई उपयोग गर्दै यस पुस्तकमा उखानलाई स्वतन्त्र विधाका रूपमा पुष्टि गरिएको छ । शिक्षासेवी राजेन्द्र विरही (खोटाङ) ले आफ्ना पिता शिक्षासेवी तथा लेखक पं. जयदेव अधिकारीको स्मृति र सम्मानमा व्यवस्था गरिदिनुभएको अक्षयकोषको ब्याजबाट हरेक वर्ष यो सम्मान समर्पण गरिन्छ । सम्मानित हुन लाग्नुभएकोमा अनुसन्धाता प्रा. डा. कुलप्रसाद कोइरालालाई हार्दिक बधाई छ ।