शब्दयात्रा प्रकाशनले जनसमूहबाट ज्यादै स्नेह प्राप्त गरेको छ । यस संस्थाले आयोजना गरेका हरेक कार्यक्रमहरूमा प्राज्ञिक वर्ग र जनस्तर दुवैबाट पाउने गरेको आर्थिक, भौतिक, बौद्धिक र सहभागितात्मक सहयोग यस संस्थाले कहिल्यै बिर्सन सक्तैन । यो संस्था यस सन्दर्भमा सबैप्रति आभारी छ र यो आभारको भार कसरी चुक्ता गर्ने होला भनेर चिन्तित पनि छ ।
शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक जिल्लामा रहेको छ । तर यो काभ्रे जिल्लामा मात्रै सीमित रहेको संस्था होइन । यसका गतिविधिहरूले राष्ट्रिय व्याप्ति त लिइसकेका छन्, नै, अन्तर्राष्ट्रिय व्याप्तिसमेत लिन थालेका छन् । विद्युतीय सन्जालको अधिकतम सदुपयोग गरेर यसले विश्वभरि छरिएर रहेका आम नेपालीभाषी समुदायमाझ आफ्नो चिनारी पु¥याइरहेको छ । यस संस्थाको मुख्य चिनारी नै अरूको हितमा आफूलाई समर्पित गर्नु हो । त्यसैले यो संस्था जनप्रिय बन्दै गएको छ ।
यस संस्थालाई वाङ्मयको सेवाका लागि वाङ्मयप्रेमीहरूद्वारा सञ्चालन गरिएको छ । जनताको विशुद्ध सहयोगमा सञ्चालित थोरै संस्थाहरूमध्ये यो पनि पर्छ । जनताबाट यो संस्था कहिल्यै टाढा हुन सक्तैन । जनबोली नै यसको बोली हो । त्यसैले जनसहयोगको भार बोकेर आभारी बनेको यो संस्था सदैव जनहितका कार्यहरू गर्न प्रतिबद्ध छ ।