‘नेपालभूमि राष्ट्रिय साप्ताहिक पत्रिका’ का संस्थापक प्रधान सम्पादक, ‘नेपालभूमि’ को स्वामित्व शब्दयात्रा प्रकाशनलाई हस्तान्तरण गर्नुभएका दाता, शब्दयात्रा पत्रकार समाजका संस्थापक सभापति, ‘समयको अभिलेख’ (असार २०६६) र ‘जापानमा अलमलिँदा’ (मङ्सिर २०७२) नामक दुई कृतिका लेखक, गुणनिधि हुमागाईं र खलकुमारी हुमागाईंका सुपुत्रका रूपमा २०१० साल असार ५ गते मङ्गलबार काभ्रेपलाञ्चोक जिल्लाको कुशादेवीमा जन्मेर काठमाडौँलाई कर्मस्थल बनाई आजीवन सङ्घर्षशील रहनुभएका अग्रज पत्रकार, आफ्नो जन्मजिल्लाको मात्र नभई राष्ट्रकै गौरव बन्नुभएका आदरणीय व्यक्तित्व रामचन्द्र हुमागाईं गत २०७५ कार्तिक ४ गते आइतबार अपराह्न ३ः१५ बजे यस संसारबाट सधैँका लागि बिदा हुनुभएको छ । उहाँको आत्मा परब्रह्म परमात्मामा एकाकार होस् भनी प्रार्थना गर्दै उहाँका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार