Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublications२८५. वैदिक सम्पदाको विश्वव्यापिता

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन् । पहिलो — सनातन वैदिक धर्मसँग सम्बन्धित पुरातात्त्विक तथा ऐतिहासिक वस्तुहरू विश्वका कुन–कुन देशका कुन–कुन ठाउँमा भेटिए भन्ने कुराको जानकारी त्यस वस्तुको तस्बिरसहित दिइएको छ । दोस्रो — यो विषय यसले पत्ता लगाएको भनेर हालसम्म लेखिँदै र पढाइँदै आएका कतिपय विषयहरू तिनको सट्टा अर्कैले पत्ता लगाएको रहेछ भन्ने कुराको तथ्य प्रमाणसहित प्रस्तुत गरिएको छ। तेस्रो — अचेल अन्य धर्मावलम्बी बनेका कतिपय देशहरू पहिले सनातन वैदिक धर्मावलम्बी थिए भन्ने कुराको प्रमाण प्रस्तुत गरिएको छ । यस पुस्तकमा हरि मञ्जुश्रीको फेसबुकमा २०२१ जून १७ देखि २०२६ सेप्टेम्बर २ भित्र राखिएका रोचक र तथ्यपरक २४० वटा विषय रहेका छन् । यस पुस्तकले बौद्धिक वर्गलाई यस पुस्तकभित्रका हरेक पक्षमा सोच्न, प्रश्न गर्न र अन्वेषण गर्न बाध्य बनाएको छ ।