Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

उज्ज्वल, रिसब र कालोटोपीलाई कदरपत्र समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ कर्पोरेट खबर डटकमका संस्थापक सम्पादक उज्ज्वलजङ्ग पराक्रम शाह, बिजनेस पोस्ट डटकमका सम्पादक तथा आर्थिक लेखक रिसब...
Homepublications२५२. च्यातिएका पाना (लघुकाव्य)

२५२. च्यातिएका पाना (लघुकाव्य)

साहित्यकार स्वयम्भू शाक्यको प्रस्तुत पुस्तक ‘च्यातिएका पाना’ लघुकाव्य हो । यसमा उहाँले आफ्नी आमाको निधन भएपछिको मनोव्यथालाई शब्दमा उतार्नुभएको छ । यसमा तीन शीर्षक छन् । पहिलो शीर्षक ‘अभागीको जिन्दगी यो’ मा ७ पृष्ठ र ३४ श्लोक, दोस्रो शीर्षक ‘मनको बोझ मनमै रह्यो’ मा २३ पृष्ठ र ११४ श्लोक तथा तेस्रो शीर्षक ‘जिन्दगी मेरो सधैँ छ हार’ मा ४० पृष्ठ र १९७ श्लोक छन् । यसरी जम्मा ७० पृष्ठमा ३४५ श्लोक बनाएर यो लघुकाव्यलाई पूर्णता दिइएको छ । चार हरफको एक श्लोक छ । अन्त्यानुप्रास कतै मिलाइएको छ, कतै मिलाइएको छैन ।