Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
Homepublications२३९. पृथ्वीमा मानिसका जीवनयात्रा

२३९. पृथ्वीमा मानिसका जीवनयात्रा

वेदप्रसाद गौतमद्वारा लिखित ‘पृथ्वीमा मानिसका जीवनयात्रा’ नामक लेखसङ्ग्रहमा उहाँले विभिन्न समयमा लेख्नुभएका १९ वटा लेखहरू सङ्कलित छन् । यसमा न्यूनतम ३ पृष्ठदेखि अधिकतम ७९ पृष्ठसम्मका लेखहरू छन् । ‘पृथ्वी, प्राकृतिक स्रोत र मानिस’ बाट प्रारम्भ भएको यो पुस्तक ‘पृथ्वीमा मानिसका जीवनयात्रा’ मा समाप्त भएको छ । बीचमा आत्मजीवनी पनि परेको छ । यी लेखहरू आद्योपान्त अध्ययन गर्दा कतै–कतै पुनरुक्तिदोष जस्तो देखिए पनि प्रसङ्ग अनुसार आएकाले तिनलाई सामान्य नै मान्नुपर्ने हुन्छ । समग्रमा पुस्तक पठनीय र मननीय छ ।