‘आत्मानुभूति’ (कवितासङ्ग्रह) आध्यात्मिक साहित्यकारका रूपमा सुपरिचित व्यक्तित्व ढुण्डिराज पोखरेलको चिन्तन र त्यसलाई कवितामा प्रस्तुत गर्ने शिल्पको परिणति हो । साहित्यसाधनामा रहेको उहाँको सह्राहनीय र प्रशंसनीय प्रयासस्वरूप प्रस्तुत यस सङ्ग्रहका कविताहरू देश, समाज, प्रकृति र अध्यात्मसँग सम्बन्धित छन् । अधिकांश कविताहरू सूक्तिमय छन् । छन्द र व्याकरणको द्वन्द्वमा कहीँ छन्दको र कहीँ व्याकरणको पक्षमा कवि देखिनुभएको छ । उहाँको यो नवौँ कृतिले नेपाली पाठकलाई नैतिक आदर्श र मानवीय चेतना दिएर आत्मिक जागरण गराउनेछ ।