Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
Homepublicationsसोमालिया चिन्तन

सोमालिया चिन्तन

सोमालिया चिन्तन

विधा : प्रतिक्रियासङ्ग्रह
सङ्कलक : श्यामकृष्ण लम्साल
प्रकाशनकाल : फागुन २०७१
मूल्य : रु. ७५।–
‘हाम्रो देश त्यस्तो नहोस्’ नेपालको राजनीतिक र बौद्धिक वृत्तमा बहुचर्चित बनेको कृति हो । कृति प्रकाशित भएपछि यस पुस्तकका विषयमा लिखित तथा मौखिक रूपमा थुप्रै प्रतिक्रियाहरू प्राप्त भए । सबै प्रतिक्रियाहरू मुलुकप्रति सम्वेदनशील बनेर प्रस्तुत भएका थिए । तीमध्ये केही प्रतिक्रियाहरू पत्रिकाहरूमा पनि प्रकाशित भएका थिए । प्रकाशित प्रतिक्रियाहरूलाई सङ्कलन गरेर अर्काे पुस्तकको प्रकाशन गर्नु आवश्यक भइसकेको थियो । किनभने ती प्रतिक्रियाहरूमा पनि मुलुकप्रतिको चासो र चिन्ता व्यक्त भएका थिए र विभिन्न क्षेत्रबाट नेपाललाई सोमालियाको स्थितिमा पुग्न नदिने अठोट पनि गरिएका थिए । त्यसैले तिनलाई सङ्कलन गरी प्रकाशन गरिएको हो ।