Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesसालिकका लागि आर्थिक सहयोग

सालिकका लागि आर्थिक सहयोग

काभ्रे जिल्लाको बनेपामा प्रथम शिक्षासेवी बालागुरु षडानन्द, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङको सालिक स्थापना गर्ने कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले शब्दयात्रा प्रकाशनलाई आर्थिक सहयोग गर्ने सहयोगीहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
यसै क्रममा बन्दिपुर सिराहाका भुवानीप्रसाद बरालले एक हजार पचपन्न रुपियाँ र मादी सङ्खुवासभाका चन्द्रप्रसाद ढुङ्गानाले पाँच हजार पाँच सय पचपन्न रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । सहयोग गर्नका लागि धेरैजनाबाट आश्वासन पनि प्राप्त भएको छ ।