Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesसम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण

सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण

शब्दयात्रा प्रकाशनले २०८० सालको पहिलो चरणका सम्मानहरू समर्पण गरेको छ । त्यसै कार्यक्रममा केही पुस्तकहरू सार्वजनिक पनि गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लेखक तथा पूर्वमन्त्री नवराज सुवेदी हुनुहुन्थ्यो । उहाँको शारीरिक अस्वस्थताका कारणले उहाँको प्रतिनिधिका रूपमा आख्यानकार भरत जङ्गम उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले र सभापतित्व प्रा. केदारनाथ श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा बमकुमारी बुढामगर, प्रा. डा. पन्ना थापा, प्रा. सुवास केसी, वेदकुमारी न्यौपाने, डा. श्याम भट्टराई र षडानन्द गुरुकुल वेद विद्याश्रमलाई सम्मान गरिएको थियो भने भरत जङ्गम र सम्मानित व्यक्तिहरूले प्रा. रामकुमार पाँडे र गायत्रीकुमार चापागाईंद्वारा लिखित पुस्तकहरू सार्वजनिक गर्नुभएको थियो । चयन समितिका संयोजक शारदा घिमिरे भैलले सम्मानित व्यक्तित्वको विशेषताका बारेमा र कवि तथा समीक्षक पदम दाहालले सार्वजनिक गरिएका कृतिहरूका बारेमा जानकारी गराउनुभएको थियो । सम्मानित व्यक्तित्व बमकुमारी बुढामगर, प्रा. डा. पन्ना थापा, प्रा. सुवास केसी, वेदकुमारी न्यौपाने, डा. श्याम भट्टराई र षडानन्द गुरुकुल वेद विद्याश्रमका तर्फबाट दण्डपाणि अधिकारीलाई केदारनाथ श्रेष्ठले माला, कालिका त्रिपाठी पन्त र शारदा घिमिरे भैलले उपहार, गीता अधिकारी, सहदेव श्रेष्ठ र आनन्दराज श्रेष्ठले भेटी रकम तथा भरत जङ्गमले किरीट र अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।
इ. रोशन मञ्जुश्री अधिकारीबाट कार्यक्रमको छायाङ्कन तथा स्वराङ्कन, आख्यानकार नितिन मिश्रले उपलब्ध गराउनुभएको ‘म र म’ पुस्तक दामोदर घिमिरेबाट चयन समितिका सदस्यहरूलाई समर्पण र पूर्णबहादुर कर्माचार्यबाट कार्यक्रमको समीक्षासहित सभाविसर्जन गरिएको उक्त कार्यक्रममा लीलादेवी श्रेष्ठले कार्यक्रमको समुद्घाटन, कृष्णमणि कुइकेलले स्वागत भाषण, सकुल थापा र शारदाप्रसाद शर्माले सामग्री व्यवस्थापन, पुण्यवती घलेले अतिथि र सम्मानित व्यक्तित्व तथा कृतिकारलाई रुद्राक्षमाला अर्पण गर्नुभएको थियो ।
सहदीप पलान्चोकेले उपस्थित महानुभावहरूको उपस्थिति गराउनुभएको उक्त कार्यक्रममा नन्दिकेश्वर अधिकारी, हंसराज श्रेष्ठ र रामकृष्ण श्रेष्ठको तस्बिरमा माल्यार्पण गरिएको थियो भने कार्यालय व्यवस्थापक सङ्गीता केसीकी माता दामोदरी आचार्य केसीको निधनमा उहाँको आत्मशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । सार्वजनिक गरिएका पुस्तकहरूका अतिरिक्त अन्य पुस्तकहरू पनि कार्यक्रममा उपस्थित सबैलाई निःशुल्क प्रदान गरिएको थियो ।