Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesसम्मानयोग्य व्यक्ति तथा संस्थाको नाउँ सिफारिस पठाउन अनुरोध

सम्मानयोग्य व्यक्ति तथा संस्थाको नाउँ सिफारिस पठाउन अनुरोध

          शब्दयात्रा प्रकाशनले हरेक वर्ष १८ विधामा राष्ट्रिय व्यक्तित्वहरूलाई सम्मान समर्पण गर्दै आएकोमा २०७८ सालका लागि पहिलो चरणमा ९ विधाका सम्मानहरू समर्पण गरिने भएकाले निम्नलिखित विधाका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण यही २०७८ साल वैशाख २० गतेभित्र शब्दयात्रा प्रकाशनको इमेल [email protected] मा पठाइदिन इच्छुक सबैमा अनुरोध छ । प्राप्त भएका सिफारिसमध्येबाट नै तीन सदस्यीय सम्मान्य व्यक्तित्व चयन समितिले हरेक विधामा सम्मान गरिने व्यक्ति वा संस्थाको चयन गर्नेछ ।

पहिलो चरणमा समर्पण गरिने सम्मानहरू —
(१) शब्दयात्रा राष्ट्रझङ्कार सम्मान (कुनै पनि विधाबाट राष्ट्रका लागि उल्लेख्य योगदान पु¥याएका व्यक्ति ः गत वर्ष ठाकुरप्रसाद मैनाली सम्मानित),
(२) शब्दयात्रा शिक्षा सम्मान (शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्ति वा संस्था ः गत वर्ष प्रा. डा. मनप्रसाद वाग्ले सम्मानित),
(३) शब्दयात्रा विज्ञान–प्रविधि सम्मान (विज्ञान–प्रविधि क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्ति वा संस्था ः गत वर्ष देवीप्रसाद चापागाई सम्मानित),
(४) शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान (प्रशासनिक कर्मचारी भएर अन्य क्षेत्रमा पनि योगदान पु¥याएकी महिला ः गत वर्ष साहित्यकार हिरण्यकुमारी पाठक सम्मानित),
(५) शब्दयात्रा सामाजिक जागरण सम्मान (समाजसेवाका माध्यमबाट सामाजिक जागरण गराउने व्यक्ति वा संस्था ः गत वर्ष डा. योगेन्द्रभक्त मल्ल श्रेष्ठ सम्मानित),
(६) शब्दयात्रा शोध सम्मान (कवि नन्दिकेश्वर अधिकारी र उनको साहित्यिक वंशजको शोध र प्रकाशनमा संलग्न व्यक्ति वा संस्था : गत वर्ष जीवनचन्द्र कोइराला सम्मानित),
(७) शब्दयात्रा सिर्जना सम्मान (शब्दयात्रा प्रकाशनबाट अघिल्लो वर्ष प्रकाशित पुस्तकहरूमध्ये सर्वोत्कृष्ट लागेको कृति र कृतिकार : गत वर्ष ‘विधवा वासना’ उपन्यासका लागि प्रजापति तिमिल्सिना सम्मानित),
(८) शब्दयात्रा शिक्षक सम्मान (शिक्षकका रूपमा आदर्श स्थापना गरेका व्यक्ति : गत वर्ष सुश्री एक्कुमाया पुन सम्मानित),
(९) शब्दयात्रा स्तम्भकार सम्मान (राष्ट्रिय स्तरको सञ्चार माध्यमका स्तम्भकार : गत वर्ष पदम दाहाल सम्मानित) ।
सम्मान्य व्यक्तित्व चयन समिति, शब्दयात्रा प्रकाशन