Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रकाशप्रसाद उपाध्यायलाई आमसञ्चार सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ प्रकाशप्रसाद उपाध्याय (सप्तरी) मा समर्पण गर्ने भएको छ । चार दशकसम्म अल इन्डिया रेडियोबाट...
HomeActivitiesशब्दयात्रा प्रकाशन विश्व कीर्तिमानमा प्रवेश

शब्दयात्रा प्रकाशन विश्व कीर्तिमानमा प्रवेश

शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य अग्रज गीतकार हरिगोपाल प्रधान विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको छ । आफ्नो साङ्गीतिक एल्बम ‘यो मुटुमा सधैंभरि’ काठमाडौंबाट नयाँ दिल्लीका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजभित्र छत्तीस हजार फिटको उचाइमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरबाट सार्वजनिक गराएर उहाँले ‘वर्ल्ड बुक अफ रेकर्ड्स्’ मा कीर्तिमान कायम गर्नुभएको हो ।
‘यो मुटुमा सधैंभरि’ नामक साङ्गीतिक एल्बम शब्दयात्रा प्रकाशनले निर्माण गरेको हो । त्यसैले यो एल्बम र यसका गीतकारका कारण शब्दयात्रा प्रकाशन विश्व कीर्तिमानमा प्रवेश गरेको छ ।
उपराष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले विश्व कीर्तिमानको प्रमाणपत्र कीर्तिमानी गीतकार हरिगोपाल प्रधानलाई प्रदान गर्नुभएको थियो । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, वर्ल्ड बुक अफ रेकर्ड्स् नेपालका अध्यक्ष सागर कटुवाल र हिपहप किङ निर्णय श्रेष्ठले दोसल्ला, वर्ल्ड बुक अफ रेकर्ड्सको पीन र माला लगाइदिएर विश्व कीर्तिमानी गीतकारलाई सम्मान गर्नुभएको थियो ।
हरिगोपाल प्रधान अग्रज पत्रकार, फोटो पत्रकार, साहित्यकार र समाजसेवीका रूपमा समाजमा विशिष्ट योगदान दिन सफल हुनुभएको छ । शब्दयात्रा प्रकाशन उहाँप्रति गौरवान्वित छ ।