शब्दयात्रा प्रकाशनले हरेक वर्ष १८ विधाका राष्ट्रिय व्यक्तित्वहरूलाई सम्मान गर्ने गरेको छ । हरेक सम्मानमा ५ हजार रुपियाँ, किरीट, रुद्राक्षको माला, उपहार र अभिवन्दनापत्र रहने गरेका छन् । २०७५ सालमा सम्मानित व्यक्तित्वहरू हुनुहुन्छ —
१. शब्दयात्रा समालोचना सम्मान ः डा. वासुदेव त्रिपाठी, २. शब्दयात्रा कविताकाव्य सम्मान ः कालीप्रसाद रिजाल, ३. शब्दयात्रा महिला प्रतिभा सम्मान ः वसुन्धरा भुसाल, ४. शब्दयात्रा अनुसन्धान सम्मान ः डा. राजेश गौतम, ५. शब्दयात्रा बालसाहित्य सम्मान ः विश्वम्भर चञ्चल, ६. शब्दयात्रा विज्ञान–प्रविधि सम्मान ः प्रा. सुरेशराज चालिसे, ७. शब्दयात्रा शिक्षा सम्मान ः डा. विद्यानाथ कोइराला, ८. शब्दयात्रा आमसञ्चार सम्मान ः राजेश्वर नेपाली, ९. शब्दयात्रा फोटो पत्रकारिता सम्मान ः वैकुण्ठकृष्ण श्रेष्ठ, १०. शब्दयात्रा स्तम्भकार सम्मान ः मुकुन्दप्रसाद उपाध्याय, ११. शब्दयात्रा साहित्यिक पत्रिका सम्मान ः कौशिकी (चेतनाथ धमला), १२. शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान ः पं. अच्युत सुवेदी, १३. शब्दयात्रा प्रशासनिक महिला सम्मान ः सावित्री जङ्गम थापा, १४. शब्दयात्रा राष्ट्रझङ्कार सम्मान ः नरेन्द्रबहादुर श्रेष्ठ, १५. शब्दयात्रा सिर्जना सम्मान ः द्रोणप्रसाद श्रेष्ठ, १६. शब्दयात्रा सामाजिक जागरण सम्मान ः सुभाष स्मृति प्रतिष्ठान (चन्द्रबहादुर खड्का), १७. शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान ः नरेन्द्रकुमार अधिकारी, १८. शब्दयात्रा शिक्षक सम्मान ः रामप्रसाद अधिकारी ।