शब्दयात्रा प्रकाशनको अगुवाइमा आगामी असार १७ गते शुक्रबार धुलिखेलका समाजसेवी बेलप्रसाद श्रेष्ठको ७७ औँ जन्मदिवस सार्वजनिक रूपमा मनाइने भएको छ । कार्यक्रमका सहयात्री संस्थाहरूका रूपमा सुभाष स्मृति प्रतिष्ठान, सामाजिक जागरण मञ्च, पूर्वप्रहरी कर्मचारी परिषद् र प्रसन्न सुस्वास्थ्य परामर्श सेवा केन्द्र रहनेछन् ।
होटल हिमालयन होराइजनमा हुने उक्त कार्यक्रमलाई काभ्रे जिल्लाको इतिहासमै नवीन इतिहासको गोरेटो निर्माण गर्ने खालको बनाउन लागिएको छ । शब्दयात्रा प्रकाशनले बेलप्रसाद श्रेष्ठका विषयमा पुस्तकहरू प्रकाशन गर्नुका साथै उहाँलाई यसअघि ‘हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान’ द्वारा सम्मानित पनि गरिसकेको थियो ।