शब्दयात्रा प्रकाशनले कवि शारदाप्रसाद शर्मालाई प्रबन्धक बनाएर उहाँलाई शब्दयात्रा प्रकाशनको प्रशासनिक गतिविधि सञ्चालन गर्ने जिम्मेवारी दिएको छ । उहाँको जिम्मेवारी शब्दयात्रा समाजहरूसँग पनि सम्बन्धित रहने भएको छ ।
शारदाप्रसाद शर्माले साहित्य, प्राध्यापन, प्रशासन र लेखापरीक्षण विधामा लामो समय बिताउनुभएको छ ।
शब्दयात्रा प्रकाशनअन्तर्गत नेपालभूमि साप्ताहिक र अक्षरधाम साहित्यिक प्रकाशन, शब्दसञ्चार पाक्षिक प्रसारण, पुस्तक प्रकाशन, विविध कार्यक्रम सञ्चालन, अक्षरसेवी सहयोग कोष सञ्चालन, सम्मान समर्पण आदि विभिन्न कार्यक्रमहरू नियमित रूपमा भइरहेका छन् ।
शब्दयात्रा प्रकाशनको प्रबन्धक बन्नुभएकोमा शारदाप्रसाद शर्मालाई हार्दिक बधाई छ ।