Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७६. काग–कोइली

पचास वर्षभन्दा बढी समय पत्रकारिता गरेपछि साहित्यिक यात्रामा लाग्नुभएका बलदेव थापा धमाधम साहित्यिक कृति तयार पार्दै हुनुहुन्छ । प्रस्तुत महाकाव्य ‘काग–कोइली’ उहाँको चौथो पुस्तक...
HomeActivitiesशब्दयात्रा कर्मशीलता पुरस्कार प्रदान

शब्दयात्रा कर्मशीलता पुरस्कार प्रदान

शब्दयात्रा प्रकाशनले २०७६ सालको शब्दयात्रा कर्मशीलता पुरस्कार लेखक तथा सम्पादक दामोदर घिमिरेलाई प्रदान गरेको छ । १० हजार रुपियाँ राशीको उक्त पुरस्कार प्रदान गरिएको यो तेस्रोपटक हो ।
गत २०७६ वैशाख १३ गते शुक्रबार विश्व बौद्धिक सम्पत्ति दिवसको अवसर पारेर शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित पुरस्कार समर्पण समारोहमा बनेपा नगरपालिकाका नगरप्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठले दामोदर घिमिरेलाई शब्दयात्रा कर्मशीलता पुरस्कार प्रदान गर्नुभयो । उहाँलाई शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले नगद १० हजार रुपियाँ प्रदान गर्नुभएको थियो भने संस्थापक सदस्य सकुल थापाले शब्दयात्रापट्ट लगाइदिनुभएको थियो ।
बनेपा नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष सच्चिदानन्द केसीको आतिथ्यमा शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा डा. इन्दुल केसी, द्रोणप्रसाद श्रेष्ठ, चन्द्रबहादुर खड्का, मच्छेश्वर सापकोटा, शङ्कर काफ्ले, फणीन्द्रराज अधिकारीलगायत करिब एक सयजना प्रबुद्ध व्यक्तित्वहरूको उपस्थिति थियो । मञ्चस्थ महानुभावहरूलाई ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंले रुद्राक्षको माला लगाएर स्वागत गर्नुभएको उक्त कार्यक्रममा सभापतिका रूपबाट शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने पुरस्कृत व्यक्तित्व दामोदर घिमिरेका विषयमा शिव बन्जाराले जानकारी गराउनुभएको थियो ।
उक्त कार्यक्रममा गीता मञ्जुश्रीद्वारा लिखित दामोदर घिमिरेको शब्दचित्र वितरण गरिएको थियो भने ज्यो. पं. रमेश अधिकारीले स्वस्तिवाचन गर्नुभएको थियो ।