Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

राममणि सिटौलालाई स्तम्भकार सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ राममणि सिटौला (नुवाकोट) मा समर्पण गर्ने भएको छ । उहाँले लामो समयसम्म विभिन्न पत्रिकाहरूमा स्तम्भकारका...
HomeActivitiesशब्दयात्राबाट पाँच पुस्तक सार्वजनिक

शब्दयात्राबाट पाँच पुस्तक सार्वजनिक

शब्दयात्रा प्रकाशनबाट प्रकाशित पाँचवटा पुस्तक एकैसाथ सार्वजनिक गरिएका छन् । यी पुस्तकहरूसमेत शब्दयात्रा प्रकाशनबाट साढे ८ वर्षमा प्रकाशित पुस्तकहरूको सङ्ख्या १ सय ३६ पुगेको छ ।
निर्मला श्रेष्ठद्वारा लिखित ‘आफू अरूका लागि’ (स्मृतिनिबन्धसङ्ग्रह) कवि तथा समाजसेवी चन्द्रबहादुर खड्काले, प्रजापति तिमिल्सिनाद्वारा लिखित ‘विधवा वासना’ (उपन्यास) लेखक तथा धुलिखेल नगरपालिकाका संस्थापक नगरप्रमुख बेलप्रसाद श्रेष्ठले, श्रीधर प्याकुरेलद्वारा अनूूदित ‘पञ्चतन्त्र (प्रथम तन्त्र ः मित्रभेद)’ लेखक तथा शिक्षासेवी पशुपतिमान पःमाँले, पुण्यवती घलेद्वारा सम्पादित ‘पच्चीस कृति र कृतिकार’ (परिचयसङ्ग्रह) नेपाल–भारत पुस्तकालयका पुस्तकालयाध्यक्ष महेशचन्द्र शर्माले र सविता शर्माद्वारा लिखित ‘कवितामा सविता’ (कवितासङ्ग्रह) लेखक तथा पूर्वप्रशासक डा. इन्दुल केसीले सार्वजनिक गर्नुभएको थियो ।
सार्वजनिक गरिएका पाँचैवटा कृतिहरूको सङ्क्षिप्त परिचय कवि पदम दाहालले गराउनुभएको थियो भने पाँचै कृतिका कृतिकारहरूका तर्फबाट उपन्यासकार प्रजापति तिमिल्सिनाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।