Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivitiesशब्दयात्राबाट अर्को कवितासङ्ग्रह

शब्दयात्राबाट अर्को कवितासङ्ग्रह

शब्दयात्रा प्रकाशनले आफ्नो ६५ औँ प्रकाशनपुष्पका रूपमा ग्रामकवि रोजनाथ लुइँटेलको नवीनतम कवितासङ्ग्रह प्रकाशन गरेको छ । ‘सबैतिर कम्पनको चोट’ नाम दिइएको उक्त कवितासङ्ग्रह कवि लुइँटेलको सातौँ कृति हो ।
काभ्रे जिल्लाको देवभूमि बालुवा गाउँ विकास समिति वडा नं. ८ लुइँटेलगाउँनिवासी कवि लुइँटेलले यसअघि ‘किसानको दुःखी जीवन’, ‘श्री स्वस्थानी सारश्लोक’, ‘दासढुङ्गा जीप दुर्घटना’, ‘सत्यका कुराकानी हाम्रा राजारानी’, ‘अकल्पनीय राजदरबार हत्याकाण्ड’ र ‘समसामयिक घटना सिलोक’ नामक कृतिहरू प्रकाशन गराइसकेका छन् ।
‘सबैतिर कम्पनको चोट’ कवितासङ्ग्रह आगामी जेठ महिनामा आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।