Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रकाशप्रसाद उपाध्यायलाई आमसञ्चार सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ प्रकाशप्रसाद उपाध्याय (सप्तरी) मा समर्पण गर्ने भएको छ । चार दशकसम्म अल इन्डिया रेडियोबाट...
HomeActivitiesविश्वम्भर लामिछानेलाई सिन्धुली प्रतिभा पुरस्कार प्रदान गरिने

विश्वम्भर लामिछानेलाई सिन्धुली प्रतिभा पुरस्कार प्रदान गरिने

शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष प्रदान गर्ने गरी स्थापना गरिएको ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ २०७९ सालका लागि सिन्धुली जिल्लाका कलाप्रतिभा विश्वम्भर लामिछानेलाई प्रदान गरिने भएको छ । विश्वम्भर लामिछानेले रूखका जरा आदिबाट करिब चार सय प्रकारका कलाकृतिहरू तयार पारी जर्बुटा कला सङ्ग्रहालय खोल्नुभएको र त्यसका लागि आफ्नो भौतिक सम्पत्ति पनि प्रदान गर्नुभएको कुरा उहाँका लागि गरिएको सिफारिसपत्रमा उल्लेख छ । यस पुरस्कारका लागि योग्य व्यक्तिको नाउँ सिफारिस गर्न शब्दयात्रा प्रकाशनले सार्वजनिक आह्वान गरेपछि उहाँको नाउँ प्रा. डा. कुलप्रसाद कोइरालाले सिफारिस गर्नुभएको थियो । यो पुरस्कार सिन्धुली जिल्लामा २०१७ सालभन्दा पछि जन्मेर वाङ्मयका कुनै पनि विधाबाट योगदान गर्ने व्यक्तिलाई प्रदान गरिन्छ । यस पुरस्कारका लागि आएका विभिन्न सिफारिसमध्येबाट विश्वम्भर लामिछानेको नाउँ चयन गरिएको हो । पुरस्कृत व्यक्तिको चयन गर्न शब्दयात्रा प्रकाशनले गठन गरेको चयन समितिमा दामोदर घिमिरे संयोजक तथा रश्मि अधिकारी हुमागाईं र अञ्जनि कोइराला सदस्य हुनुहुन्छ । पुरस्कारमा १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला प्रदान गरिन्छ ।