शब्दयात्रा प्रकाशनले डा. विप्लव ढकाललाई ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा विशेष सम्मान, २०७९’ समर्पण गर्ने भएको छ । उहाँलाई ‘भोजपुरको वाङ्मय’ नामक अनुसन्धानात्मक ग्रन्थका लागि उक्त सम्मान समर्पण गर्न लागिएको हो । उक्त सम्मान यही भदौ १८ गते बनेपामा आयोजना गरिने समारोहमा समर्पण गरिनेछ । यस सम्मानको आर्थिक व्यवस्थापन कवि कृष्ण जोशीले गर्नुभएको छ