Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ भक्तपुर जिल्लामा अवस्थित ख्वप कलेजमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विपन्न तर जेहेन्दार छात्रा योगिना श्रेष्ठमा...
HomeActivitiesलीलादेवी श्रेष्ठलाई दानशीलता सम्मान समर्पण गरिने

लीलादेवी श्रेष्ठलाई दानशीलता सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान’ अङ्गदाता, समाजसेवी तथा साहित्यकार लीलादेवी श्रेष्ठ (सङ्खुवासभा) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । मृगौलाले काम नगरेर मरणासन्न अवस्थामा पुग्नुभएका आफ्ना श्रीमान् प्रा. केदारनाथ श्रेष्ठलाई उहाँले २७ वर्षअघि २०५५ साल जेठ १५ गते आफ्नो मृगौला दान गरेर आदर्श पत्नी र आदर्श दाताको परिचय कायम गर्नुभएको छ एवम् एउटै मृगौलाको भरमा हालसम्म समाजसेवा र साहित्यसेवामा पतिपत्नी नै सक्रिय हुनुहुन्छ । उहाँले विभिन्न संस्थालाई भौतिक सम्पत्ति पनि दान गर्नुभएको छ । उहाँजस्ती दातामा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन अविकसित धुलिखेललाई विकसित धुलिखेल बनाउन नेतृत्व गर्ने समाजसेवी बेलप्रसाद श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान आगामी जेठ महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा लीलादेवी श्रष्ठप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।