Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...
HomeActivitiesयोगदानी महिला सम्बन्धी विचारगोष्ठी गरिने

योगदानी महिला सम्बन्धी विचारगोष्ठी गरिने

शब्दयात्रा प्रकाशनले यही माघ १९ गते शनिबार ‘योगदानी महिला’ सम्बन्धी पहिलो चरणको विचारगोष्ठी गर्ने भएको छ । विविध क्षेत्रमा योगदान गरेका काभ्रेपलाञ्चोक जिल्लाका महिलाहरूको विस्तृत अभिलेखीकरण गर्ने सन्दर्भमा यस गोष्ठीको आयोजना गर्न लागिएको हो । राष्ट्रिय विकासका लागि योगदान गर्ने नेपाली महिलाहरूका विषयमा अनुसन्धान गर्ने–गराउने गरी शब्दयात्रा प्रकाशनले ‘सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान केन्द्र’ बनेपामा स्थापना गरिसकेको छ र त्यसबाट विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न शुरु गरिसकिएको छ । त्यही अनुसन्धान केन्द्रका माध्यमबाट काभ्रेपलाञ्चोक जिल्लाका महिलाहरूले गरेको योगदानलाई पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरसम्म लैजान यस गोष्ठीले सहयोग गर्ने अपेक्षा राखिएको छ । कार्यक्रम संयोजक तथा कार्यसम्पादन समितिका सदस्य कालिका त्रिपाठी पन्तका अनुसार पहिलो चरणको यस विचारगोष्ठीमा साहित्य, पत्रकारिता, कला, संस्कृति, शिक्षा, कानुन, चिकित्सा, सहकारी आदि क्षेत्रका महिलाहरूको उपस्थिति रहनेछ भने फागुनमा आयोजना गरिने दोस्रो चरणको विचारगोष्ठीमा राजनीतिक र प्रशासनिक क्षेत्रका महिलाहरूलाई उपस्थितिका लागि आग्रह गरिनेछ ।