Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७७. युगपुरुष महाकाव्यको अध्ययन

सिर्जना खनालले भरत जङ्गमको जीवनगाथालाई आधारभूमि बनाएर लेख्नुभएको ‘युगपुरुष’ महाकाव्यको अध्ययन गर्ने क्रममा यस महाकाव्यको शल्यक्रिया गर्दागर्दै दीनबन्धु अर्यालले ‘युगपुरुष महाकाव्यको अध्ययन’ नामक पुस्तक...
HomeActivitiesभुवन भोछिभोयालाई कदर गरिने

भुवन भोछिभोयालाई कदर गरिने

शब्दयात्रा प्रकाशनले हरेक वर्ष काभ्रेपलान्चोक जिल्लाका तीनजना पत्रकारलाई कदरपत्र समर्पण गर्ने गरेको छ । २०८० सालको कदरपत्र यही मङ्सिर महिनामा समर्पण गरिने भएको छ । कदर गरिने तीनजना पत्रकारमध्ये एकजना भुवन भोछिभोया हुनुहुन्छ । उहाँ फोटो पत्रकार हुनुहुन्छ । सकुल थापा संयोजक तथा प्रदीप केसी बन्जारा र अमृत अधिकारी सदस्य रहेको चयन समितिले उहाँलाई कदरपत्र समर्पण गर्ने निर्णय गरेको हो । कदरपत्रको व्यवस्थापन विश्वकीर्तिमान कायम गर्नुभएका अग्रज पत्रकार हरिगोपाल प्रधानले गर्ने गर्नुभएको छ । कदरपत्र प्राप्त गर्न लाग्नुभएकोमा फोटो पत्रकार भुवन भोछिभोयामा शब्दयात्रा प्रकाशन परिवार अग्रिम बधाई ज्ञापन गर्दछ ।