Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...
HomeActivitiesबाढीबाट दिवङ्गत जीवहरूको शान्तिका लागि दीपप्रज्ज्वलन

बाढीबाट दिवङ्गत जीवहरूको शान्तिका लागि दीपप्रज्ज्वलन

   विनाशकारी बाढीका कारणले दिवङ्गत भएका मानव लगायत सम्पूर्ण जीवहरूको आत्मशान्तिका लागि नीलकण्ठेश्वर महादेव, राधाकृष्ण, सरस्वती, लक्ष्मीनारायण, हनुमान र बुद्धका मन्दिरहरूमा तथा वाङ्मयसेवीहरूको सालिक रहेको शब्दसाधक तीर्थमा एक सय आठ दीपप्रज्ज्वलन गरी विभिन्न स्तोत्रहरूको पाठ गरिएको छ ।
     आज भदौ १३ गते शनिबार शब्दयात्रा प्रकाशनले आयोजना गरेको त्यस कार्यक्रममा संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले दीपप्रज्ज्वलनको प्रारम्भ गर्नुभएको थियो । त्यसपछि उपस्थित अन्य महानुभावहरूले दीपप्रज्ज्वलन गर्नुभएको थियो ।
     बाढीपीडितहरूका लागि शब्दयात्रा प्रकाशनका तर्फबाट पनि आर्थिक सहयोग गर्ने उद्देश्यले संस्थाका सदस्यहरूले केही रकम जम्मा गर्नुभएको छ । जम्मा भएको सबै रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने भएको छ ।