Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesरोइरहेका मान्छेहरूको आँसु पुछ्न सिकाइदेऊ गान सार्वजनिक

रोइरहेका मान्छेहरूको आँसु पुछ्न सिकाइदेऊ गान सार्वजनिक


‘रोइरहेका मान्छेहरूको आँसु पुछ्न सिकाइदेऊ, हे ईश्वर ! मनका सबै कुभावनाहरू हटाइदेऊ’ बोलको गान सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित शब्दसाधना प्रस्तुतीकरण कार्यक्रममा उक्त गानका गायिका रश्मि हुमागाईं र गायक इ. रोशन मञ्जुश्री अधिकारीले संयुक्त रूपमा उक्त गान सार्वजनिक गर्नुभएको हो ।
‘ज्ञानको धन देऊ’ नाम दिइएको उक्त गानका विषयमा जानकारी दिँदै गायिका रश्मि हुमागाईंले बाढीबाट राष्ट्रिय सङ्कट परिरहेको बेलामा तयार पारिएको उक्त गानबाट समाजमा सकारात्मक सन्देश जाने अपेक्षा राखेको कुरा बताउनुभएको थियो ।
हरि मञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध उक्त आध्यात्मिक गान शब्दयात्रा प्रकाशनबाट उत्पादन गरिएको हो । यस गानको दृश्याङ्कन तथा सम्पादन इ. रोशन मञ्जुश्री अधिकारीले, सुपरिवेक्षण मच्छेश्वर सापकोटाले तथा बाद्यसंयोजन तथा ध्वनिमिश्रण बालकृष्ण सेवाचार्यले गर्नुभएको छ ।