Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivitiesप्रा. डा. उषा ठाकुरलाई समालोचना सम्मान समर्पण गरिने

प्रा. डा. उषा ठाकुरलाई समालोचना सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान समालोचना सम्मान’ समालोचक प्रा. डा. उषा ठाकुर (काठमाडौँ) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । लामो समयसम्म प्राध्यापन गर्ने क्रममा उहाँले नेपाली र हिन्दी दुवै भाषामा आधा दर्जन समालोचनात्मक कृतिहरू नेपाली वाङ्मयमा प्रस्तुत गर्नुभएको छ । उहाँजस्ती साधिकामा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन पत्रकार हरिगोपाल प्रधान (काठमाडौँ) ले गर्नुभएको हो । सम्मान आगामी चैत महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा प्रा. डा. उषा ठाकुरप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।