Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
Homepublicationsप्रशासनिक दाउपेच

प्रशासनिक दाउपेच

प्रशासनिक दाउपेच

शिवभक्त शर्मा प्रशासनिक क्षेत्रका अनुभवी व्यक्ति हुनुहुन्छ । विभिन्न मन्त्रालयअन्तर्गत रहेर उहाँले लामो समयसम्म काम गर्नुभएको छ । हाल उहाँ प्रशासनिक सेवाबाट अवकाशप्राप्त जीवन बिताइरहनुभएको छ । उहाँले आफू निजामती कर्मचारी छँदाका अनुभव र अनुभूतिहरूलाई समेटेर ‘प्रशासनिक दाउपेच’ नाउँको पुस्तक लेख्नुभएको छ । यो पुस्तक उहाँको देखाइ, भोगाइ र चिन्तनको उपज हो भन्ने कुरा उहाँले आफ्नो मन्तव्यमै लेखिसक्नुुभएको छ । त्यसैले यस पुस्तकका विषयमा यहाँ त्यसभन्दा बढी केही लेखिरहनु आवश्यक नहोला । यो कृति पढ्दा नेपालको प्रशासनिक क्षेत्रभित्र रोपिएका, उम्रिएका र झाङ्गिएका विकृति र विसङ्गतिहरूको भण्डारै देखिन्छ । नेपालको प्रशासन समयानुकूल जनमुखी बनेर किन अगाडि बढ्न नसकेको रहेछ भन्ने कुरा यस पुुस्तकले प्रस्ट पारेको छ ।