Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रा. डा. प्रेमनारायण अर्यालमा होम–तोत्र शिक्षा सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान’ प्रा. डा. प्रेमनारायण अर्याल (चितवन) मा समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन शिक्षासेवी...
HomeActivities‘पानीको भाषा’ माथि शब्दयात्रीको दृष्टि

‘पानीको भाषा’ माथि शब्दयात्रीको दृष्टि

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘माटो’ नियात्रासङ्ग्रहका लागि ‘शब्दयात्रा सिर्जना सम्मान’ द्वारा सम्मानित नियात्राकार पोष चापागाईंको अर्को नियात्रासङ्ग्रह ‘पानीको भाषा’ प्रकाशन हुँदैछ । त्यसमा विभिन्न समयमा भारतको विभिन्न ठाउँमा जाँदाका अनुभव र अनुभूतिहरू समेटिएका छन् । जम्मा २२ शीर्षक र ४ भाग रहेको यस सङ्ग्रहको आवरणमा शब्दयात्रा प्रकाशनसँग सम्बन्धित ३ व्यक्तित्वका मन्तव्य पनि सङ्कलित छन् ।
शब्दयात्रा प्रकाशन नारी स्रष्टा समाजका सदस्य गीता मञ्जुश्री अधिकारी भन्छिन् — बोल्न सक्ने मान्छेहरूको भाषा बुझ्न नसक्ने मान्छेहरू पनि जसरी ईश्वरको मौन भाषा बुझ्छन्, त्यसरी नै कुनै पनि भाषा बोल्न नजान्ने बच्चाको च्याँच्याँ, बाख्राको म्याँम्याँ, गाईको ड्वाँड्वाँ, हावाको सुइयँ अनि पानीको कुलकुल, छङछङ र स्वाँस्वाँ भाषा बुझ्छन् । भारतको भ्रमण गर्दा पोष चापागाईंले पानीका अरू सङ्केत, लय र आवाजहरू पनि बुझेछन् । ‘पानीको भाषा’ त्यसपछिको चमत्कार हो ।
शब्दयात्रा प्रकाशन पाठक समाजका संयोजक दामोदर घिमिरे भन्छन् — नियात्राकार पोष चापागाईंले भारतको सिक्किम, गुजरात, झारखण्ड र केरलातिर घुमघाम गर्दा त्यताका प्राकृतिक र सांस्कृतिक भाषा सुने । कृत्रिम भाषा फरक–फरक भए पनि सबै भाषाको मौलिक प्राकृतिक स्वरूप त उनको जन्मस्थल दिङ्लाको भाषासँग पो मिल्दो रहेछ । ‘पानीको भाषा’ नियात्रासङ्ग्रहले यही देखाएको छ । आफू उनैको छिमेकी जिल्लाको भएर हो कि क्या हो, उनको लेखनीमा मैले आफ्नै गाउँको सुवास पाएको छु ।
शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा भन्छन् — ‘पानीको भाषा’ नियात्राकार पोष चापागाईंको कलमको विशिष्ट कमाल हो । छोटा वाक्य, सुललित शैली, कथ्य भाषाको प्रयोग, विकृत पक्षप्रति कटाक्ष, तुलनात्मक दृष्टि र जन्मस्थलप्रतिको प्रेमपूर्ण अभिव्यक्ति उनको गद्यशैलीका प्रमुख विशेषताहरू हुन् ।