Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

राममणि ढुङ्गेल र अरुणबहादुर खत्री ‘नदी’ मा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले साहित्यकार राममणि ढुङ्गेलमा ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार, २०८३’ र साहित्यकार अरुणबहादुर खत्री ‘नदी’ मा ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार, २०८३’...
HomeActivitiesनीलकण्ठेश्वरको अध्यक्षमा कृष्णमणि

नीलकण्ठेश्वरको अध्यक्षमा कृष्णमणि

नीलकण्ठेश्वरधाम संरक्षण समितिको १४ औँ वार्षिकोत्सव तथा प्रथम साधारण सभा समितिको भवनमा रहेको सभाकक्षमा सम्पन्न भयो । गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका अध्यक्ष मुकुन्दप्रसाद उपाध्यायको प्रमुख आतिथ्य र शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको विशेष आतिथ्यमा सम्पन्न उक्त सभाको सभापतित्व समितिका अध्यक्ष कृष्णमणि कुइँकेलले गर्नुभएको थियो । पदमनाथ ढुङ्गानाले सञ्चालन गर्नुभएको उक्त सभामा सचिव कमल कुइँकेलले कार्यप्रगति विवरण र कोषाध्यक्ष प्रेमबहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ती प्रतिवेदनहरू सर्वसम्मतिबाट पारित भएका थिए ।
साधारण सभाले सर्वसम्मतिबाट कृष्णमणि कुइँकेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमितिको गठन गरेको छ । समितिको सचिवमा कमल कुइँकेल, कोषाध्यक्षमा प्रेमबहादुर कार्की तथा सदस्यहरूमा धन शर्मा, च्याङबा लामा, सङ्गीता केसी, नानुदेवी कुइँकेल, हरिप्रसाद कुइँकेल र विनोद कुइँकेल रहनुभएको छ ।
नीलकण्ठेश्वरधाम संरक्षण समितिको कार्यसमितिमा निर्विरोध निर्वाचित सबै मित्रहरूमा ‘नेपालभूमि’ परिवार हार्दिक बधाई ज्ञापन गर्दछ ।