शब्दयात्रा प्रकाशनले ‘शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ’ नामक पुस्तिकाको प्रकाशन गरेको छ । बीस पृष्ठको यो परिचय पुस्तिकाका सबै पृष्ठमा रङ्गीन छपाइ गरिएको छ ।
गीता मञ्जुश्रीको लेखन रहेको उक्त पुस्तिका शब्दयात्रा प्रकाशनको १ सय २५ औँ प्रकाशनपुष्प हो । शब्दयात्रा प्रकाशनबाट औसतमा हरेक वर्ष करिब १६ वटा पुस्तकहरू प्रकाशित हुने गरेका छन् ।