Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ भक्तपुर जिल्लामा अवस्थित ख्वप कलेजमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विपन्न तर जेहेन्दार छात्रा योगिना श्रेष्ठमा...
HomeActivitiesचार सम्मान समर्पण, पाँच पुस्तक सार्वजनिक

चार सम्मान समर्पण, पाँच पुस्तक सार्वजनिक

काभ्रे । शब्दयात्रा प्रकाशनले २०७३ सालको जेठ महिनामा समर्पण गर्ने चार विधाका सम्मानहरू काभ्रेको बनेपामा विशेष समारोहको आयोजना गरी समर्पण गरेको छ ।
काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. भोला थापाले प्रमुख अतिथिका रूपबाट सम्मानित व्यक्तिहरूलाई पाँच–पाँच हजार रुपियाँ, उपहार, किरीट र अभिवन्दनापत्रबाट सम्मानित गर्नुभएको थियो ।
समारोहमा राष्ट्रिय गजल सम्मानबाट गजलकार डा. कृष्णजङ्ग राणा (बाँके, हाल ललितपुर), नन्दिकेश्वर अधिकारी शोध सम्मानबाट पत्रकार नकुल काजी (ताप्लेजुङ, हाल झापा), प्रशासनिक महिला प्रतिभा सम्मानबाट पूर्वप्रशासक तथा साहित्यकार शुभलक्ष्मी श्रेष्ठ (पाल्पा, हाल काठमाडौँ) र शब्दयात्रा सिर्जना सम्मानबाट नियात्राकार पोष चापागाईं (भोजपुर, हाल काठमाडौँ) सम्मानित हुनुभएको थियो ।
स्वामी विश्वनाथ महाराजले सभापतिका रूपबाट बोल्दै शब्दयात्रा प्रकाशनलाई भजन र सूक्तिहरू प्रकाशन गरी वितरण गर्न एक लाख रुपियाँ दिने घोषणा गर्दै पहिलो किस्ताका रूपमा २५ हजार रुपियाँ हस्तान्तरण गर्नुभएको सो समारोहमा अतिथिका रूपमा डा. गार्गी शर्माले नैमिषारण्य गुरुकुलम्लाई आभारपत्र प्रदान गर्नुभएको थियो ।
समारोहमा शिवभक्त शर्माद्वारा लिखित ‘प्रशासनिक दाउपेच’ (अनुभवसङ्ग्रह), डा. हेमराज काफ्लेद्वारा अनूदित ‘नोभेलिस्टिक आर्टिस्ट्री अफ लैनसिंह बाङ्देल’, श्रीधर प्याकु¥यालद्वारा अनूदित ‘सत्यनारायण व्रतकथा’, केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘भावनाका भुल्का’ र रोजनाथ लुइँटेलद्वारा लिखित ‘सबैतिर कम्पनको चोट’ गरी पाँच पुस्तकलाई सार्वजनिक गरिएको थियो ।