Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesचार सम्मान र पाँच पुस्तक ११ गते

चार सम्मान र पाँच पुस्तक ११ गते

शब्दयात्रा प्रकाशनले आगामी जेठ ११ गते मङ्गलबार बनेपामा सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गर्ने भएको छ । उक्त समारोहमा शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्षको जेठ महिनामा समर्पण गरिने चार विधाका सम्मानहरू समर्पण गर्नुका साथै पाँचवटा पुस्तक सार्वजनिक गरिनेछन् ।
यस वर्षको शब्दयात्रा सिर्जना सम्मानबाट ‘माटो’ नियात्रासङ्ग्रहका लागि पोष चापागाईं (२००८, भोजपुर हाल काठमाडौँ) लाई, नन्दिकेश्वर अधिकारी शोध सम्मानबाट अग्रज पत्रकार नकुलकाजी (२००२, ताप्लेजुङ हाल झापा) लाई, राष्ट्रिय गजल सम्मानबाट डा. कृष्णजङ्ग राणा (१९९०, बाँके हाल ललितपुर) लाई र प्रशासनिक महिला प्रतिभा सम्मानबाट शुभ (शुभलक्ष्मी) श्रेष्ठ (२००६, पाल्पा हाल काठमाडौँ) लाई सम्मान गर्ने निर्णय भइसकेको छ ।
उक्त समारोहमा साहित्यकार तथा पूर्वप्रशासक शिवभक्त शर्माद्वारा लिखित अनुभव र अनुभूतिको सङ्ग्रह ‘प्रशासनिक दाउपेच’, डा. सुरेन्द्र प्रधानद्वारा नेपाली भाषामा लिखित तथा डा. हेमराज काफ्लेद्वारा अङ्ग्रेजी भाषामा अनूदित ‘नोभेलिस्टिक आर्टिस्ट्री अफ लैनसिंह बाङ्देल’, केदारनाथ तिमल्सिनाद्वारा लिखित कविता तथा गीतहरूको सङ्ग्रह ‘भावनाका भुल्का’, महाकाव्यकार कविप्रसाद प्याकु¥यालद्वारा श्रीधर प्याकु¥याल नामबाट गरिएको काव्यात्मक अनुवाद ‘सत्यनारायण व्रतकथा’ र ग्रामकवि रोजनाथ लुइँटेलद्वारा लिखित कवितासङ्ग्रह ‘सबैतिर कम्पनको चोट’ सार्वजनिक हुनेछन् । ती पाँचैवटा पुस्तकहरू शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित भएका हुन् ।