शब्दयात्रा प्रकाशनको सञ्चालक समिति पुनर्गठन गरिएको छ । सञ्चालक समितिका दुई सदस्य पद रिक्त हुन आएकाले शब्दयात्रा प्रकाशनका आजीवन सदस्यमध्येका केदारनाथ तिमल्सिना र अमृत अधिकारीलाई सञ्चालक समितिमा मनोनयन गरी सञ्चालक समितिलाई पूर्णता दिइएको हो । शब्दयात्रा प्रकाशनको सञ्चालक समितिमा २६ जना आजीवन सदस्य रहेका छन् ।