विपत्तिमा परेका साहित्यकार, पत्रकार तथा कलाकारहरूलाई आर्थिक सहयोग गर्ने गरेको शब्दयात्रा प्रकाशनले त्यस कार्यका लागि अक्षरसेवी सहयोग कोषको सञ्चालन गरेको छ । त्यही कोषका लागि विराटनगरबाट अग्रज समाजसेवी श्रीमती सीता पोखरेलले शब्दयात्रा प्रकाशनलाई ११ हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । उहाँले यसअघि पनि आर्थिक सहयोग गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनलाई आर्थिक सहयोग गर्नुभएकोमा अग्रज समाजसेवी श्रीमती सीता पोखरेलमा शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।