शब्दयात्रा प्रकाशन पुस्तकालयको विकासका लागि अमेरिकामा बसोबास गर्ने शब्दयात्रा प्रकाशनका सहयोगी समुन्नत श्रेष्ठले बीस हजार रुपियाँ पठाइदिनुभएको छ । शब्दयात्रा प्रकाशन उहाँको यो उदारतापूर्ण सहयोगका लागि उहाँप्रति हार्दिकतापूर्वक आभार व्यक्त गर्दछ । उहाँजस्तै उदारमना मित्रहरूको सहयोगबाट शब्दयात्रा प्रकाशन गतिमान् भइरहेकाले भविष्यमा पनि कुनै न कुनै प्रकारको सहयोग यथासम्भव प्राप्त भइरहने कुरामा शब्दयात्रा प्रकाशन विश्वस्त छ ।