Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

शब्दयात्रा प्रकाशनमा समस्यापूर्ति कवितागोष्ठी

     मोतीराम भट्टको १६१ औँ जयन्तीको अवसरमा शब्दयात्रा प्रकाशनले आज भदौ २६ गते समस्यापूर्ति कवितागोष्ठी सम्पन्न गरेको छ । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि...
HomeFeaturedशब्दयात्रा सम्मान चारजनालाई

शब्दयात्रा सम्मान चारजनालाई

 

बनेपा, काभ्रे ।
शब्दयात्रा प्रकाशनले २०७२ सालको विज्ञान–प्रविधि सम्मानबाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति प्रा. डा. होमनाथ भट्टराईलाई, शिक्षा सम्मानबाट देवघाटको महेश संस्कृत गुरुकुललाई, आमसञ्चार सम्मानबाट पूर्वाञ्चलका वरिष्ठ पत्रकार कोशराज रेग्मीलाई र सामाजिक जागरण सम्मानबाट अग्रज समाजसेवी भीमबहादुर अधिकारीलाई सम्मान गर्ने भएको छ ।
शब्दयात्रा प्रकाशनले हरेक वर्ष समर्पण गर्ने १६ विधाका सम्मानहरूमध्ये फागुन महिनामा विज्ञान–प्रविधि, शिक्षा, आमसञ्चार र सामाजिक जागरण गरी ४ विधामा सम्मान समर्पण गर्ने गर्दछ ।
सम्मानित व्यक्तित्वहरूलाई उपहार, किरीट र अभिवन्दनापत्रका साथमा नगद ५ हजार रुपियाँ समर्पण गर्ने गरिन्छ ।