Home Blog Page 85

डा. सुरेशराज शर्मा

डा. सुरेशराज शर्मा

हरि मञ्जुश्रीको लेखन तथा सम्पादनमा ‘शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्मा’ नामक सानो पुस्तिका प्रकाशन गरिएको थियो । त्यसैका आधारमा श्रीधर प्याकु¥यालले एउटा लघुकाव्य तयार पार्नुभयो । यो त्यही लघुकाव्य हो । डा. सुरेशराज शर्माप्रतिको काव्यकारको आदरभावका आधारमा यो काव्य लेखिएको हुनाले त्यसैलाई दृष्टिगत गरेर प्रकाशन पनि त्यही आधारमा गरिएको हो । डा. सुरेशराज शर्मा विशालकाय र कुनै पनि प्रकारको विचलनबाट मुक्त महाकाव्यका लागि उपयुक्त नायक हुनुहुन्छ । उहाँप्रति नेपाली बौद्धिक वर्गले राखेको अत्युच्च आदरभाव देख्ता त्यस्तो महाकाव्य कसैले नेपाली भाषामा कुनै दिन प्रस्तुत गर्नेछ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ । उहाँको व्यक्तित्वका अगाडि यो लघुकाव्य केही पनि होइन, तैपनि काव्यकारबाट आफूअनुसार, आफ्नो श्रद्धाअनुसार र आफ्नो क्षमताअनुसार समर्पित श्रद्धापुष्पचाहिँ अवश्य हो ।

The Tragic Story

The Tragic Story

‘The Tragic Story’ is a short novel by Mr. Bharat Raj Mahat based on the social happenings around us. The condition of senior citizens in Nepalese society, the problems faced by people of hilly region, challenges and thoughts faced in Kathmandu, the forced condition faced by youths to go and work on foreign countries because of unemployment on Nepal, socialization crushed by political activities, psychological hazard raised by lack of literacy, the helping nature of people from villages, Hindu religious procedures and the thought and duty that should be carried out by the society, all these things are addressed in this short novel. The storyline and the presentation here are elegant and beautiful.

पानी मनकी रानी

पानी मनकी रानी

सरस्वती सानैदेखि कविता लेख्थिन्, गीत लेख्थिन्, कथा लेख्थिन् । विद्यालय पढ्दाका साथीहरूलाई देखाउँथिन्, सुनाउँथिन् । ‘उः कवयित्री’ भनेर साथीहरू जिस्क्याउँथे । तर उनी प्रकाशनतिर लागिनन् । लेखिन् र थुपारिन् मात्रै । कुन–कुन विधामा कति–कति लेखिन् र थुपारिन्, उनैलाई थाहा भएन । कुनै दिन साँच्चैकी कवयित्रीका रूपमा प्रस्तुत हुन पाउँला भन्ने उनलाई लागेकै थिएन । आफूभित्रको प्रतिभा थाहा पाउन नसकेका, आफ्नो क्षमतालाई पत्याउन नसकेका र आफ्नो गुण चिन्न नसकेका प्रतिभाशाली अधिकांश नेपालीजस्तै उनी पनि आफैँ सुवासित पुष्प बनेर सुवास खोज्दै हिँडिन् । शब्दयात्रा प्रकाशनसँग उनको सम्पर्क भएपछि यस संस्थाले उनलाई उनैसँग चिनाइदियो । त्यसपछि उनले दुईवटा कापी उपलब्ध गराइन् । यो सङ्ग्रह तिनै दुई कापीको उतार हो ।

गणेशदास

गणेशदास

प्रस्तुत पुस्तक ‘गणेशदास’ राजनीति र समाजसेवाको बाटोमा हिँडिरहेका काभ्रेली व्यक्तित्व गणेशदास उलकको जीवनवृत्त, उनीमाथिका विचारहरू र उनीसँग सम्बन्धित अभिलेखहरूको सङ्कलन हो । शिक्षण र सञ्चारकर्मलाई आधार बनाएर ‘शब्दयात्रा पत्रकार समाज’ सहित विभिन्न सामाजिक, शैक्षिक र सामुदायिक संस्थाहरूमार्फत समाजमा आफूलाई प्रस्तुत गरिरहेका प्रतिभा शिव बन्जाराले तयार पारेको यस पुस्तकले गणेशदास उलकका बारेमा थाहा पाउन र अन्वेषण गर्न चाहनेहरूलाई उपयुक्त बौद्धिक सामग्री प्रदान गरेको छ । गणेशदास उलकको अक्षरछवि बनेको ‘गणेशदास’ शिव बन्जाराको कौशलसम्बन्धी कसी पनि हो ।

सबैतिर कम्पनको चोट

सबैतिर कम्पनको चोट

रोजनाथ लुइँटेलले आफ्नो वरिपरि देखेका, आध्यात्मिक पुस्तकमा पढेका, गाउँघरमा सुनेका र पत्रिकाहरूबाट चर्चामा आएका कुराहरूलाई आफ्नो विचारअनुसार प्रस्तुत गरेका छन् । उनका कविताभित्र भाषिक सौष्ठव, व्याकरणगत शुद्धता, छन्द र गण, कवितात्मक शैली, शिल्पगत चमत्कार, काव्यिक अलङ्कार आदि खोज्नु हुँदैन । उनीजस्ता व्यक्तिले पनि कविता विधालाई माया गरेको आधारमा हेर्नुपर्छ । गाउँमा बसेका, कृषिकर्ममा जीवन बिताएका, औपचारिक शिक्षा प्राप्त गर्न नसकेका, उमेरले बृद्धावस्थामा पुगेका, अरूका साहित्यिक कृतिहरू किन्न नसकेका र पढ्न नभ्याएका, साहित्यकारहरूको सङ्गत नपाएका र बौद्धिक वर्गको सहयोग नपाएका उनीजस्ता व्यक्तिले कविता विधामा आफ्ना भावनाहरू पोख्न खोज्नु नै ठूलो कुरो हो । उनको साहित्यप्रतिको यस्तो झुकाव र लगाव देखेर नै शब्दयात्रा प्रकाशनले उनको उत्साहको कदर गर्दै यो पुस्तक प्रकाशन गरिदिएको हो ।

सत्यनारायण व्रतकथा

सत्यनारायण व्रतकथा

महाकाव्यकार तथा अनुवादक श्रीधर प्याकु¥याल (कविप्रसाद प्याकु¥याल) ले संस्कृत भाषाबाट नेपाली भाषामा अनुवाद गरी प्रकाशनार्थ यस संस्थालाई उपलब्ध गराउनुभएको ‘सत्यनारायण व्रतकथा’ र ‘हरितालिका व्रतकथा’ लाई एउटै पुस्तकमा समावेश गराई यस पुस्तकको प्रकाशन गरिएको हो । पुस्तकको अघिल्लो भागमा ‘सत्यनारायण व्रतकथा’ र पछिल्लो भागमा ‘हरितालिका व्रतकथा’ लाई प्रस्तुत गरिएको छ । श्रीधर प्याकु¥याल गद्यमा भन्दा पद्यमा प्रस्तुत हुन सजिलो मान्नुहुन्छ । त्यसैले संस्कृत भाषाका पुस्तकहरूलाई अनुवाद गर्दा उहाँले कविता विधामा अनुवाद गर्ने गर्नुभएको छ । यसबाट कविता विधामा रुचि राख्ने पाठकले पनि कथाको रसास्वादन गर्न पाउँछन् र कविता–काव्य विधाको गरिमा बढेर त्यसले विस्तृति पनि पाउँछ । यो पुस्तक धार्मिक, आध्यात्मिक, सांस्कृतिक, सामाजिक र नैतिक साहित्यको उत्तम नमुना हो ।

भावनाका भुल्का

भावनाका भुल्का

केदारनाथ तिमल्सिना आफ्ना भावनाहरू भजन, कविता र गीतहरूमा व्यक्त गर्नुहुन्छ । उहाँका रचनाहरूलाई ‘भावनाका भुल्का’ नाम दिएर प्रकाशन गरिएको छ । यसभित्रका रचनाहरू लय हालेर पढ्दा र सुन्दा साँच्चै मर्मस्पर्शी लाग्छन् । गाउँले जनताले बुझ्ने भाषा र भाकामा यसमा उहाँले गाउँले जनताकै बोली लेखिदिनुभएको छ । नक्कलझक्कल पार्ने प्रयास नगरीकन जस्तो छ त्यस्तै देखाउन पनि ठूलो खुबी चाहिन्छ । राम्रो भएन भनेर कसैले हियाउलान् कि भन्ने खालको सोचाइलाई जितेर जस्ताको तस्तै प्रस्तुत गर्न ठूलो आँट पनि चाहिन्छ । त्यो खुबी र त्यो आँट उहाँमा छ । यो ठूलो कुरो हो । यस्तै चिन्तन र व्यवहारले मान्छे अरूको मनमा बस्छ, अरूको प्रिय बन्छ ।

Novelistic Artistry of Lain Singh Bangdel

Novelistic Artistry of Lain Singh Bangdel

This book is an English translation of Dr. Surendra P. Shrestha’s book in Nepali published by Ratna Pusta Bhandar in 2015, Lain Singh Bangdelko Upanyaskaritako Vishleshan ra Mulyankan, based on the author’s PhD dissertation of the same title submitted to Tribhuvan University.  After the book was adapted into English by poet and translator Dr. Hem Raj Kafle, it was published in joint publishership of the author himself and Shabdayatra Prakashan. The best-wishes notes by Prof. Dr. Kul Prasad Koirala, Vice Chancellor, Nepal Sanskrit University, were added to this English version.

प्रशासनिक दाउपेच

प्रशासनिक दाउपेच

शिवभक्त शर्मा प्रशासनिक क्षेत्रका अनुभवी व्यक्ति हुनुहुन्छ । विभिन्न मन्त्रालयअन्तर्गत रहेर उहाँले लामो समयसम्म काम गर्नुभएको छ । हाल उहाँ प्रशासनिक सेवाबाट अवकाशप्राप्त जीवन बिताइरहनुभएको छ । उहाँले आफू निजामती कर्मचारी छँदाका अनुभव र अनुभूतिहरूलाई समेटेर ‘प्रशासनिक दाउपेच’ नाउँको पुस्तक लेख्नुभएको छ । यो पुस्तक उहाँको देखाइ, भोगाइ र चिन्तनको उपज हो भन्ने कुरा उहाँले आफ्नो मन्तव्यमै लेखिसक्नुुभएको छ । त्यसैले यस पुस्तकका विषयमा यहाँ त्यसभन्दा बढी केही लेखिरहनु आवश्यक नहोला । यो कृति पढ्दा नेपालको प्रशासनिक क्षेत्रभित्र रोपिएका, उम्रिएका र झाङ्गिएका विकृति र विसङ्गतिहरूको भण्डारै देखिन्छ । नेपालको प्रशासन समयानुकूल जनमुखी बनेर किन अगाडि बढ्न नसकेको रहेछ भन्ने कुरा यस पुुस्तकले प्रस्ट पारेको छ ।

चिन्ताकुल

चिन्ताकुल

यो पुस्तक पढ्दै गर्दा त्रिकालदर्शी भैलले देख्न खोजेको नेपालको चित्र पाठकको कल्पनामा आउँछ । पूर्वराजा वीरेन्द्रलाई माध्यम बनाएर उनी आफ्ना कुराहरू पनि भन्छन् । अरूले भनेका र आफूलाई राम्रा लागेका कुरालाई पनि साभार भनेर कृतज्ञता व्यक्त गर्दै उतार्छन् । देशप्रतिको चिन्ताले उद्वेलित बनेर उनीजस्ता युवाहरू साहित्यिक फाँटमा आउँदैछन् र उनी पनि आएका छन् । भविष्यको नेपाल उनीहरूकै हो । देशको हालत देखेर विरक्त लागे पनि त्रिकालदर्शी भैलजस्ता जोसिला युवाहरू देख्न पाउँदा र उनीहरूका कुरा सुन्न पाउँदा नेपाल बिग्रिँदैन, यिनीहरूले बिग्रिन दिँदैनन् भनेर आशा पलाउँछ । उनीहरूको क्षमतामाथि विश्वास जाग्छ । परिस्थितिले गर्दा उनीहरूले विदेशमै बस्नुपरे पनि आफ्नो देशका लागि आ–आफ्ना क्षेत्रबाट केही न केही योगदान त गर्छन्–गर्छन् भन्ने कुरामा पनि विश्वास बढ्छ ।