Home Blog Page 6

पुरस्कार समर्पण समारोह माघ १६ गते

0

डा. प्रकाशराज रेग्मीलाई क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार समर्पण गरिने

0
मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी (ललितपुर) लाई २०८२ सालको ‘शब्दयात्रा क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा दश हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यस पुरस्कारका लागि प्राणीशास्त्री तथा साहित्यकार प्रा. डा. मुकेशकुमार चालिसे र जनककुमारी चालिसेले कोषको व्यवस्था गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।

नमुना बालगृहलाई दूरदर्शी नेतृत्व पुरस्कार समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले हाल ६८ जना बालबालिका रहेको नमुना बालगृह (उर्लाबारी, मोरङ) लाई २०८२ सालको ‘शब्दयात्रा हरि मञ्जुश्री दूरदर्शी नेतृत्व पुरस्कार’ समर्पण गर्ने भएको छ । पुरस्कारमा पन्ध्र हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यस पुरस्कारका लागि सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले कोषको व्यवस्था गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।

शब्दयात्रा प्रकाशनको साधारण सभा सम्पन्न

0
शब्दयात्रा प्रकाशनको साधारण सभा आज २०८२ पुस २७ गते आइतबार आफ्नै सभाकक्षमा सम्पन्न भएको छ । सभाले लेखापरीक्षण प्रतिवेदन, गत वर्षको कार्यप्रगति विवरण र आगामी वर्षको अनुमानित आय–व्यय विवरण पारित गर्दै लेखापरीक्षकको नियुक्ति पनि गरेको छ ।

योगिनी सरितानन्दीलाई नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार समर्पण गरिने

0
योगाचार्य योगिनी सरितानन्दी (सरिता उप्रेती, झापा) लाई २०८२ सालको ‘शब्दयात्रा नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पच्चीस हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यस पुरस्कारका लागि पूर्वशिक्षाप्रशासक शङ्करप्रसाद मानन्धरले कोषको व्यवस्था गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।

डा. दीपक मल्ललाई डा. भास्कर–रश्मि चिकित्सा पुरस्कार समर्पण गरिने

0
मधुमेह, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डा. दीपक मल्ल (कास्की) लाई २०८२ सालको ‘शब्दयात्रा डा. भास्कर–रश्मि चिकित्सा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पच्चीस हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यस पुरस्कारका लागि डा. भास्कर हुमागाईं र रश्मि हुमागाईं दम्पतीले कोषको व्यवस्था गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।

राजकीय संस्कृत माध्यमिक विद्यालय गुरुकुललाई बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार समर्पण गरिने

0
वि. सं. १७७५ मा स्थापित पहिलो गुरुकुल हालको राजकीय संस्कृत माध्यमिक विद्यालय गुरुकुल (मटिहानी, महोत्तरी) लाई २०८२ सालको ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पच्चीस हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यस पुरस्कारका लागि कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीले कोषको व्यवस्था गरेको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।

रमेशमोहन अधिकारीलाई डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार समर्पण गरिने

0
साहित्यकार रमेशमोहन अधिकारी (रौतहट) लाई २०८२ सालको ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पच्चीस हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यस पुरस्कारका लागि लेखक तथा चिकित्सक डा. शालिग्राम शर्माले कोषको व्यवस्था गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।

ज्ञानेन्द्रनाथ न्यौपानेलाई टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार समर्पण गरिने

0
पत्रकार ज्ञानेन्द्रनाथ न्यौपाने ‘लेकाली’ (रसुवा) लाई २०८२ सालको ‘शब्दयात्रा टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पच्चीस हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यस पुरस्कारका लागि रसुवा जिल्लाबाट पहिलोपटक विद्यावारिधि गर्ने विदुषी डा. सरस्वती आचार्यले आफ्ना मातापिताको स्मृति र सम्मानमा कोषको व्यवस्था गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।

नन्दकृष्ण जोशीलाई सकुल थापा देउडा पुरस्कार समर्पण गरिने

0
देउडागायक नन्दकृष्ण जोशी (बझाङ) लाई २०८२ सालको ‘शब्दयात्रा सकुल थापा देउडा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पच्चीस हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य तथा लेखक सकुल थापाको नाउँमा संस्थापित यस पुरस्कारका लागि उहाँकी अर्धाङ्गिनी विमला थापाले कोषको व्यवस्था गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।