Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesज्ञानेन्द्रनाथ न्यौपानेलाई टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार समर्पण गरिने

ज्ञानेन्द्रनाथ न्यौपानेलाई टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार समर्पण गरिने

पत्रकार ज्ञानेन्द्रनाथ न्यौपाने ‘लेकाली’ (रसुवा) लाई २०८२ सालको ‘शब्दयात्रा टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पच्चीस हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यस पुरस्कारका लागि रसुवा जिल्लाबाट पहिलोपटक विद्यावारिधि गर्ने विदुषी डा. सरस्वती आचार्यले आफ्ना मातापिताको स्मृति र सम्मानमा कोषको व्यवस्था गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।